न्यूज डेस्क | बैशाख ३०, २०८२ मंगलबार

नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल कप जिल्ला अन्तर कलेज T-20 क्रीकेट लिग प्रतियोगिता २०८२ को उपाधिका लागि मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र सिन्धुरेघारी बहुमुखी क्याम्पस बीच प्रतिस्पर्धा हुने भएको छ ।


यी दुई क्याम्पसले जारी प्रतियगिताको मङ्गलबार भएको सेमीफाइनल खेलमा जित हासिल गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।  पहिलो सेमिफाइनल खेल मध्य रौतहट बहुमुखी क्याम्पस र श्री देवी सिटिईभिटि कलेजको बिचमा सम्पन्न भएको थियोे । उक्त खेलमा मध्य रौतहट बहुमुखी क्यामपस गरुडा ३४ रनले विजयी भएको थियो । टस जितेर ब्याटिङमा उत्रिएको मध्य रौतहट बहुमुखी क्याम्पसले २० ओभरमा ६ विकेट गुमाएर १सय २८ रनको योगफल तयार गरेको थियोे ।



जवाफी ब्याटिङमा उत्रिएको श्री देवी सिटिईभिटि कलेजले १७ ओभरमा १० विकेट गुमाउँदै ९४ रन मात्रै जोड्न सफल भयो। सो खेलका प्लेयर खफ द म्याच मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका नितेस यादव बनेका छन्। उनले ३८ बलमा ३८ रन बनाउनुको साथै ४ओभरमा १६ रन खर्चेर १ विकेट लिएका थिए ।



यस जितसँगै मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले फाइनल यात्रा तय गरेको छ। यसैगरी द‍ोस्रो सेमिफाइनल खेल सिधुरेघारी बहुमुखी क्याम्पस र गौरीशंकर यादव क्याम्पस बिचमा सम्पन्न भएको थियोे । उक्त खेलमा सिधुरेघारी बहुमुखी क्याम्पस २६ रनले विजयी भएको थियो।टस जितेर ब्याटिङमा उत्रिएको सिधुरेघारी बहुमुखी क्याम्पसले १९.५ ओभरमा १० विकेट गुमाउँदै १सय१० रनको योगफल तयार पारेको थियोे । जवाफी ब्याटिङमा उत्रिएको गौरीशंकर बहुमुखी क्याम्पस १८.३ ओभरमा १० विकेट गुमाउँदै ८४ रनमा नै चित्त बुझाउन बाध्य भयो ।



सो खेलका प्लेयर खफ द म्याच सिधुरेघारी बहुमुखी क्याम्पसका राजेस यादव बनेका छन् उनले २० बलमा २७ रन बनाउनुको साथै ३.३ ओभरमा१२ रन खर्चेर ३ विकेट लिएका थिए। यस जितसँगै सिधुरेघारी बहुमुखी क्याम्पस फाइनल प्रवेश गरेको छ। 

   फाइनल खेल मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर बिचमा  जेठ १ गते दिनको १२  बजे हुने आयोजकले जनाएको छ।