न्यूज डेस्क | जेठ १, २०८२ बुधबार
सर्लाही। शिक्षा विकास ईकाई मलंगवाको घेराउ सहित प्रदर्शन भएको छ । माओवादीका नेता तथा रामनगर गाउँपालिका अध्यक्ष राजाबाबुको नेतृत्वमा शिक्षा विकास ईकाईको कार्यालय घेराउ सहित प्रदर्शन गरिएको हो।
रामनगर गाउँपालिका वडा न ६ को बागमती माध्यमिक बिधालयको ३० लाखको योजना र वडा नं. ७ को मनुश्यमारा प्राथमिक बिधालयको ४० लाखको भवन निर्माण कार्यमा रकमी चलखेल गरी नक्कली चिट्ठीको आधारमा कार्यादेश दिईएको भन्दै विभिन्न नारा जुलुश सहित कार्यालय अगाडि प्रदर्शन गरिएको छ।
कार्यालय प्रमुख मुर्दाबाद, शिक्षा मन्त्री रानी शर्मा, बिरेन्द्र सिंह मुर्दाबादको नारा सहित प्रदर्शन गरिएको हो। ३ महिना अगाडि फागुन १३ गते योजनाको चिट्ठी फेकु रायले लिई उपभोक्ता समिति गठन गरि कार्यालयमा पेश गरेका थिए । कार्यालय प्रमुख समृद्धि साहले रकमको माग गरेको र रायले सम्झौता पछि रकम दिने भनेपछि कार्यालय प्रमुख साहले सम्झौता गर्न आलटाल गरेको उनीहरुको आरोप रहेको छ । साहले रायलाई सम्झौताको लागि आलटाल गर्ने गरेको उनीहरु बताउछन् ।
कार्यालय प्रमुख साहले पछि राजनीति दबाब र रकमी चलखेलमा योजनाको चिट्ठीको फोटोकपी मार्फत अरुलाई कार्यादेश दिएको स्रोतले बताएको छ। योजनाको काम सुचारु भएपछि गाउँपालिका अध्यक्ष यादव र रायले कार्यालय प्रमुख सङ्ग सम्पर्क गर्दा कार्यालय प्रमुख साह कार्यालय नै आउन छोडेको उनीहरुको भनाई छ ।
कार्यालय प्रमुख सङ्ग यस बिषयमा बुझ्न फोन गर्दा उनको फोन उठेन । कार्यालयका प्राविधिक र प्रशासनको कर्मचारीले फेकु रायले पहिला योजनाको चिट्ठी सहित उपभोक्ता समिती गठन गरि पेश गरेको बताएका छन् ।समस्या समाधानको लागि शुक्रवार सम्मको अल्टिमेटम दिइएको र समस्या समाधान नगरे चरम प्रदर्शन गर्ने चेतावनी दिईएको अध्यक्ष यादवले बताएका छन् ।