सन्तोष काफ्ले | जेठ १, २०८२ बुधबार

रौतहटमा नेकपा माओवादीका नेताको पार्टी परित्यागले माओबादी केन्द्रलाई ठुलै क्षति पुगेको छ । गुजरा ३ स्थित सिमरीमा बुधबार नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य, माझी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष तथा माओवादी केन्द्र गुजरा नगरको इन्चार्ज  समेत रहेका काजीमान माझीसहित सयौ माओवादि केन्द्रका कार्यकर्ता नेकपा एमाले पार्टी प्रबेश गरेका छन ।


माओवादी केन्द्रले आम नागरिकको पक्षमा कुनै त्यस्तो काम गर्न नसकेको र आफुहरुको कामको समेत मुल्यांकन गर्न नसकेको भन्दै नेता माझी सो पार्टी परित्याग गरेको बताएका छन् ।  गरिव निमुखा सुकुम्बासीहरुको स्थायी बास स्थानको सुनिश्चितता गर्न माओवादी केन्द्रलाई बारम्बार ताकेता गर्दा समेत सरकारले ल्याउन लागेको भुमि सम्बन्धि बिधेकमाथी नै प्रश्न गरि बिधेयक पास गराउन नदिने खेलमा माओवादी लागेकोले माओवादी केन्द्र जनताको पार्टी नभएको प्रष्ट देखिएकाले एमाले पार्टी प्रबेश गरेको माझीले बताएका छन्  । 



कार्यक्रममा भुमि समस्या समाधान आयोगका केन्द्रित सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटि सहसचिब आरति भण्डारी, आयोगका रौतहट जिल्ला अध्यक्ष अखलेश्वर चौधरी लगायत स्थानिय एमाले नेता कार्यकर्ताहरुको उपस्थितिमा  पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।