न्यूज डेस्क | जेठ २, २०८२ बिहिबार

रौतहट। नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग(वाईसीएल) को जिल्ला अध्यक्षमा भुनेश्वर गुरो निर्वाचित भएका छन्।


बिहीबार जिल्लाको गरुडामा आयोजित जिल्ला सम्मेलनले युवा नेता समेत रहेका गुरोलाई सर्वसम्मत रूपमा वाइसीएलको जिल्ला अध्यक्षमा चयन गरिएको हो।



नेकपा माओवादी केन्द्रका रौतहट जिल्ला इन्चार्ज सुरेन्द्र जैसवालको प्रमुख आथित्यतामा सम्पन्न सम्मेलनले गुरोलाई वाइसीएलको संगठनात्मक सुदृढीकरण र युवाहरूलाई संगठित गर्न जिल्ला नेतृत्वमा ल्याइएको नेपाल कम्युनिस्ट माओवादी केन्द्रका नेता राजु धामीले बताएका छन् ।



नब निर्बाचित अध्यक्ष गुरोले समाजमा व्याप्त रहेका विकृति, विसङ्गति, भ्रष्टाचार, कुशासन र असामाजिक गतिविधिहरू अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै सबै समुदाय र युवाहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताएका छन्।



सम्मेलनले वाईसीएलको जिल्ला उपाध्यक्षमा आशिष तिमल्सिना, देव नारायण सहनी, लालबाबु मुखिया र सचिवमा गुफरान राना तथा कोषाध्यक्ष पदमा जितु ठाकुर लगायत ५१ सदस्य समिति गठन गरेको माओवादी नेता वाहिद अन्सारीले जानकारी दिएका छन्।