प्राइम खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुर निजगढ सडक खण्डमा भएको दुर्घटनामा परि एक परुषको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको सीमामा पर्ने पूर्ब पश्चिम राजमार्गको लमाहा पुल नजिकै सवारि दुर्घटना हुदा बृन्दावन नगरपालिका वडा नम्बर ७ हर्षाहाका बर्ष ३५ का दिल किशोर रामको मृत्यु भएको इैलाका प्रही कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताए । लामिछानेको कमाण्डमा ७ जनाको अनुसन्धान टोलि सहित घटनास्थल अनुसन्धान गर्न पुगेको बताइएको छ । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको अन टेष्ट खालि टिफरले बिपरित दिशा तर्फ जादै गरेको साईकल यात्री रामलाई ठक्कर दिदा रामको घटनास्थलमा नै मृत्यु भएको हो । मृतक दिलकिशोर रामको शव मुचुल्का गरि पोष्ट मार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारि अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारि साधन फरार भएको र तत्काल खोजतलास गर्दा प्रहरी चौकी पौराई रौतहटले टिफरसहित चालकलाई नियन्त्रणमा लिएको छ । सल्यान शारदा नगरपालिकाको वडा नम्बर ७ का बर्ष २८ का चालक बिष्णु बुढाथोकिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।