न्यूज डेस्क | जेठ ६, २०८२ सोमबार
रौतहट। जिल्ला प्रशासन कार्यालय रौतहटले विद्धुतीय टोकन प्रणाली लागु गरेको छ ।
गौर स्थित कार्यालय परिसरमा सोमबार देखि सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सो प्रणाली सञ्चालनमा आएको हो । नागरिकता , प्रतिलिपि नागरिकता , राहदानी र राष्ट्रीय परिचयपत्रको सेवा प्रवाह सरलीकरण गर्दै विद्धुतीय टोकन प्रणाली लागु गरिएको कार्यालयका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए ।
सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले सेवाग्राहिलाइ टोकन प्राप्त गर्ने तरिका सिकाउदै टोकन प्रणालिको सुरुवात गरेका हुन् ।