न्यूज डेस्क | जेठ ७, २०८२ मंगलबार
रौतहट जिल्ला क्रिक्रेट संघले मधेश प्रदेश स्तरीय अण्डर-१६ पुरुष तर्फको क्रिक्रेट खेलाडी छनौट गर्ने जिम्मेवारि पाएको छ ।
जिल्लामा रहेका दुइ वटा क्रिकेट खेल मैदानमा उक्त क्रिकेट छनौट प्रतियोगिता हुने भएको हो। चन्द्रपुर -८ स्थित रहेको कोटिहोम कृकेट मैदान र गौर स्थित रहेको राइस मिल्स क्रिक्रेट खेल मैदानमा जेठ ८ गते देखि सञ्चालन हुने क्रिकेट संघ रौतहटका छनौट समितिका सदस्य देवराज कार्कीले बताए।
मधेश प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता रौतहटमा सञ्चालन गर्नको लागि विशेष भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश क्रिकेट संघ र संघका पवन साह प्रति समेत सदस्य कार्कीले उच्च प्रशंसा समेत गरेका छन् ।