न्यूज डेस्क | असार १, २०८२ आइतबार

मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाखको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् । 
उक्त बजेटमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ, पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको छ । 
आन्तरिक स्रोततर्फ  आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाखतथा समपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ । 
यसपटक मधेशले राजश्व बाँडफँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।