न्यूज डेस्क | असार १, २०८२ आइतबार

रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आईतवार राजपुर नगरपालिकाले जनमुखी योजना समेत ल्याएको छ । राजपुर स्थित कृषि तथा पशुपंछि सेवा केन्द्रमा  नगर प्रमुख डा.राजिक आलमको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।


नगरसभाको ९ औं अधिवेशनबाट जनमुखी नीती तथा कार्यक्रम ल्याएको हो । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५७ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।



स्थानिय तहले हरेक वर्षको  असार १० गते  बजेट ल्याउनु पर्ने प्रावधान रहेको छ । यद्धपी राजपुर नगरपालिकाले सो समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न गरेर बजेट ल्याउनेमा पहिलो पालिका बनेको छ । धेरै उत्साहका साथ सम्पन्न भएको नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो ।
राजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै पहिलोपटक ९ औं नगरसभाबाट बजेट प्रस्तुत गर्दै नगर प्रमुख डा. आलमका अनुसार बजेट निर्माण सीमित स्रोत साधनबीच गरिए पनि शिक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ ।

“प्रत्येक वडामा एउटा स्मार्ट विद्यालय स्थापना, बिद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता, नगरका निरक्षर नागरिकको तथ्यांक संकलन गरी साक्षरता कक्षा सञ्चालन, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनालगायतका योजना प्राथमिकतामा परेका छन्,” डा.आलमले बताए ।



बजेट विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँट ११ करोड ४७ लाख,वित्तीय समानीकरण अनुदान ११ करोड ३९ लाख,सशर्त अनुदान २६ करोड ४२ लाख, विशेष अनुदान १ करोड ६४ लाख, समपूरक अनुदान २ करोड ८९ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाँट ८० लाख समानीकरण अनुदान ७७ लाख ७८ हजार,सशर्त अनुदान ८० लाख,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख रहेको छ ।
त्यसैगरी आन्तरिक आम्दानी ८५ लाख रुपैयाँ रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार यो बजेटले नगरको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । उनका अनुसार “नीति तथा कार्यक्रममा समावेश योजनाहरू सम्पादन गर्न कार्ययोजना निर्माण गरी समयमै कार्यान्वयन गरिनेछ ।”

राजपुर नगरपालिकाको प्राथमिकतामा परेका अन्य कार्यक्रमहरू प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना,मुख्य सडक कालोपत्रे, सहायक सडक पक्की ढलान,घरघरमा एउटा बिरुवा अनिवार्य रूपमा लगाउने अभियान,बेरोजगारलाई सीपमूलक तालिम र न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगारको व्यवस्था रंगशाला निर्माण तथा प्रत्येक वडामा सामुदायिक मेलमिलाप केन्द्र सञ्चालन रहेको छ ।

त्यस्तै हालको बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गर्दै थप वडामा विस्तार,नगर सेवा मोबाइल एप समयानुकूल अद्यावधिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण रहेको छ । नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकालाई समावेशी, आत्मनिर्भर र जनमुखी बनाउने उद्देश्यले बजेट निर्माण गरिएको बताउनुभयो । उनले सबै योजनाहरू नागरिकसँग सहकार्यमा कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  ।



आईतबार सम्पन्न नगरसभामा वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, पत्रकार,सुरक्षाकर्मी, कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।