न्यूज डेस्क | असार २, २०८२ सोमबार
सर्लाहीको गोडैता नगरपालिक १२ स्थित मधुवनीमा एभरेस्ट चिनी मिल रामनगरले स्थापना गरेको उखु खरिद केन्द्रमा काम गरेका मजदुरहरुले परिश्रमीक नपाएको गुनासो गरेका छन।
एभरेस्ट चिनी मिलको एरिया ईन्चार्ज नन्दलाल पण्डितको रेखदेखमा स्थापना गरीएको सो उखु खरिद केन्द्रमा उखु लोडर मजदुर शम्भु पासवान, जलन्धर पासवान ,राजु पासवान, महेन्द्र महतो, शिवचन पासवान र उमेश पासवानले पारिश्रमिक नपाएको गुनासो गरेका छन।
यस बिषयमा एभरेस्ट चिनिमिलका जि.एम. बिनोद यादवलाई बुझ्दा केही रुपैया पाईसकेको र बाकी रुपैया २ दिनभित्र प्रदान गरिने उनको भनाई रहेको छ ।
माघ २० गतेदेखि संचालनमा आएको उक्त उखु संकलन केन्द्र फागुन २७ गतेसम्म संचालनमा रहेको थियो। एक महिना ७ दिनमा सो मिलले त्यहाँबाट मिलले १९ हजार २ सय ७५ क्विन्टल उखु खरिद गरेको थियो।
स्थानीय तहले आफ्ना एरियामा अन्य मिलहरुको संकलन केन्द्र (काँटा) स्थापना नगर्न उर्दि जारी गरेको भएतापनी स्थानीय ठेक्केदारहरुले बलजबर्जस्ती काँटाँ स्थापना गरी उखु किसानलाई सस्तो मुल्यमा उखु खरिद गरेको थियो।