न्यूज डेस्क | असार ७, २०८२ शनिबार

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहरुको मृत्यु भएको हो । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।


भरतपुर सरकारी अस्पतालमा मृत्यु भएकाहरुको विवरण:
१. मकवानपुर जिल्ला हटिया ३ बस्ने बर्ष ५५ का सोम प्रसाद रुपाखेती,मृत्यु ।
२.जि.मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी मृत्यु ।
३.हाल नामथर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला मृत्यु ।
४.हाल नामथर वतन नखुलेकी अं. बर्ष २४/२५ की महिला मृत्यु ।
५.हाल नामथर वतन नखुलेको अं. बर्ष २२/२३ को पुरुष मृत्यु ।



एलाईभ अस्पताल भरतपुरमा उपचार गराइरहेका घाइतेहरू:
१. मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने बर्ष १६ को सक्षम थापा जसको अवस्था सामान्य छ ।
२. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१२ बस्ने बर्ष ३२ को सिंहबिर घलानको अवस्था सामान्य छ ।
३. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.४ बस्ने बर्ष ३१ को बिष्णु लम्सालको अवस्था सामान्य छ ।
४. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.८ बस्ने बर्ष ३४ की गंगा घलान जसको अवस्था गम्भिर छ ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु/मृतक:-
१. पहिचान नखुलेकी अं.वर्ष ३०/३५ की गर्भवती महिला महिला १०:५५ बजेको समयमा मृत्यु भएको
२.हाल नामथर वतन नखुलेको अं.वर्ष ३५/४० को पुरुष व्यक्ति, मृत्यु ।
३.जिल्ला झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल नाकमा चोट मध्यम
४. जिल्ला झापा गौरादह न.पा. ९ बस्ने बस्ने वर्ष अं.६७ को उमा बराल सामान्य
५.जिल्ला कञ्चनपुर बेलौरी न.पा.४ बस्ने वर्ष अं. ४८ को वीरबहादुर जैसी, मध्यम ।
६.जिल्ला रुकुम पश्चिम आठबिस्कोट न.पा. ९ बस्ने वर्ष अं. ३० को सन्देश ओली सामान्य ।
नयाँ मेडिकल कलेज भरतपुरमा १० जना घाईतेको उपचार भई रेहको र सवै जनाको अबस्था सामान्य रहेको प्रहरीको रिपोर्टमा उल्लेख छ ।