न्यूज डेस्क | असार ८, २०८२ आइतबार

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारी विधेयकमा हट राखेको बताएका छन् । आइतबार तनहुँमा भएको कार्यक्रममा नेता डा. कोइरालाले अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्दा पनि प्रधानमन्त्रीको हठ किन ? भन्दै प्रश्न गरे ।


 राज्य व्यवस्था समितिले पास गरेको संसद्मा पठाएको विधेयकलाई प्रधानमन्त्री ओलीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको आरोप कोइरालाको छ । 
‘अरू दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कसको लागि र? ’ कोइरालाले प्रश्न गरे , ‘सचिव बनाउने, रिटायर्ड हुने बित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनीहरूले कसको काम गर्लान् र? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’



अवकाशपछि कुलिङ पिरियड अरू देशमा पनि भएको कोइरालाले बताए । कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए ।