न्यूज डेस्क | असार ९, २०८२ सोमबार

६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी अमला रोकालाई २ लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।


जिल्ला अदालत काठमाडौंमा न्यायाधीश बलराम लम्सालको एकल इजलासले थुनछेक बहसपछि सोमबार उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।



नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले गत शुक्रबार रोकालाई टोखाबाट पक्राउ गरेर ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

उक्त बहस नसकिएपछि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । सोमबार बहस सकिए लगत्तै उनलाई २ लाख धरौटीमा छोड्न आदेश दिएको हो ।