न्यूज डेस्क | असार ११, २०८२ बुधबार

बर्दिबास नगरपालिकाले आर्थिक वर्ष ०८२/८३ का लागि एक अर्ब २२ करोडको बजेट सार्वजनिक गरेको छ । बर्दिबासमा मङ्गलबार आयोजित १६ औँ नगरसभामा नगर उपप्रमुख तारादेवी महतोले एक अर्ब २२ करोड ४० लाख १० हजार रुपियाँ अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।


यो बजेट चालु आव ०८१/८२ को तुलनामा २.६४ प्रतिशत अर्थात् नौ करोड ४५ लाख रुपियाँले बढी हो । आन्तरिक आयबाट वार्षिक २५ करोड ४० लाख प्राप्त हुने अनुमान गरिएको बजेटमा सङ्घीय सरकारबाट विभिन्न शीर्षकमा ८७ करोड ४५ लाख, प्रदेश सरकारबाट चार करोड ५३ लाख आय हुने अनुमानित बजेट उपप्रमुख महतोले प्रस्तुत गरिन् ।



नगरपालिकाको कुल विनियोजनमा कार्यालय सञ्चलन व्यवस्थापनका लागि चालु र पुँजीगत गरि २३ करोड ६३ लाख प्रस्ताव गरिएको छ । यसैगरी, कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ । कृषिमा तीन करोड र पशुपंक्षीमा एक करोड गरी चार करोड बजेट विनियोजन गरिएको छ ।