न्यूज डेस्क | असार १२, २०८२ बिहिबार

रौतहट। गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद जैसवालले गरुडामा (शीतभण्डार) कोल्डस्टोर भवनको शिलान्यास गरेका छन्  ।


कोल्ड स्टोरको अभावमा गरुडा नगरपालिकाका  कृषकहरूलाई पर्दै आएको मर्कालाई मध्यनगर गर्दै बुधबार एक कार्यक्रम बिच बिधिवत रुपमा कोल्ड स्टोर (शीतभण्डार) निर्माण कार्यको लागी शिलान्यास गर्दै निर्माण कार्य छिटो सक्नेगरी  काम गर्न नगरप्रमुख जयसवालले निर्माण ब्यबसायिलाई आग्रह समेत गरेका छन् । उक्त कोल्ड स्टोर करिब २ करोडको लागतमा बन्ने भएको हो ।



शीतभण्डार निर्माण हुने भएपछि  स्थानीय कृषकहरु समेत खुशी भएका छन्  । ५०० मैट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माणमा संघिय सरकारको पनि सहयोग रहेको नगरप्रमुख जैसवालले बताए ।  

शिलान्यास कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, नगरका विभिन्न क्षेत्रका बुद्धिजीवी, नागरिक समाज लगायत स्थानिय कृषकहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन भएको गरुडा नगरपालिकाले जनाएको छ।