न्यूज डेस्क | असार १४, २०८२ शनिबार
विराटनगरमा बिहे घरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार राति १ बजे करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ झटियाहीका १७ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकका छिमेकी कनैया यादवको छोरीको बिहेमा डिजे बजाएर नाच्ने क्रममा साउण्ड सिस्टमका लागि जोडेको तारमा लड्दा शुक्रबार राति १ बजे अमितलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।