न्यूज डेस्क | असार १४, २०८२ शनिबार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीभित्रको असन्तुष्टि निश्चित विन्दुमा पुगेपछि विस्फोट हुने गरेको बताएका छन्। मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको द्धन्द विधिसम्मत प्रकट हुन पाएन भने असन्तुष्टिले विस्फोटको रूप लिने बताएका हुन् ।
उनले भने,‘कम्युनिस्ट पार्टीभित्र नेतृत्व अनिर्वाचित हुने, सत्ता हस्तान्तरण नगर्ने प्रवृत्ति हटाउन जबजको सिद्धान्तको प्रयोग गर्नुपर्छ। पार्टीभित्रको द्धन्द्धलाई विधिसम्मत प्रकट हुन दिइएन भने विस्फोट हुन्छ। राजनीतिमा विधिसम्मत प्रकट हुन नपाए विद्रोह हुन्छ, विग्रह पैदा गर्छ।’
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको चर्चा गर्दै जुनसुकै विद्रोहलाई विधिसम्मत समाधान गर्नुपर्ने बताए। उनले भने,‘हाम्रा कार्यशैलीमा कहाँ कमजोरी छन् भन्ने विश्लेषण गर्नुपर्छ।’ 
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा लोकतान्त्रीकरणको कुरा गर्दा एमालेमा उमेर र कार्यकालको चर्चा चल्नु स्वाभाविक भएको बताए।