न्यूज डेस्क | असार १६, २०८२ सोमबार

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. सिन्दुरेघारीस्थित जनजागृती माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच विद्यालयकी दिवंगत प्रथम छात्रा जानुका लामिछानेको स्मृतिमा स्थापित छात्रवृत्ति कोषबाट छात्र-छात्रालाई पुरस्कृत गरिनुका साथै नव निर्मित चमेना गृहको उद्घाटन गरिएको छ।


स्व. जानुका लामिछानेको स्मृतिमा नवराज लामिछाने तथा उनको परिवारको पहलमा विद्यालयमा रु लाखको छात्रवृत्ति कोष स्थापना गरिएको हो। उक्त कोषबाट यस वर्ष उत्कृष्ट अंक ल्याउने तीन जना छात्राहरुलाई सोमबार विद्यालयमा आयोजित विशेष कार्यक्रमका बीच जनही ५ हजार नगदसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ ।



त्यसै अवसरमा स्वर्गीय लामिछानेको श्रीमान मदन लामिछाने र उनको परिवारको तर्फबाट विद्यालयमा निर्माण गरिएको चमेना गृहको पनि उद्घाटन गरिएको छ। लामिछाने परिवारको आर्थिक सहयोगमा   लाख ३१ हजारको लागतमा निर्माण गरिएको उक्त चमेना गृहको उद्घाटन चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले शिलालेख अनावरण गरेर गरे । नगर प्रमुख काफ्लेले शिक्षामा सामुदायिक सहभागिता निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने उल्लेख गर्दै स्व. जानुका लामिछानेको योगदान स्मरणीय रहने बताएक छन् ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरु मदन सापकोटा,गोविन्द दुलाल,नगर शिक्षा अधिकारी दीपेन्द्र मण्डल, शिक्षक-शिक्षिकाहरु,अभिभावक, विद्यार्थी तथा स्थानीय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। वक्ताहरुले जानुका लामिछानेको शिक्षाप्रति समर्पण परिवारको सामाजिक योगदानको प्रशंसा गर्दै अन्यलाई पनि यस्ता प्रेरणादायी कार्यमा सहभागी हुन आह्वान गरे।



विद्यालयका प्रधानाध्यापक सत्रुधन प्रसाद साहले जानुका लामिछाने स्मृति कोषले हरेक वर्ष मेधावी विद्यार्थीलाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिँदै शिक्षा क्षेत्रमा यस्ता निजी क्षेत्रको योगदानले नयाँ उर्जा प्रदान गर्ने विश्वास व्यक्त रे

साथै विद्यालयका प्रधानाध्यापक साहले जानुका स्मृति प्रतिष्ठानका संरक्षक समेत रहेका श्रीमान मदन लामिछाने सहित उनको परिवारलाई विद्यालयको शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएका भन्दै दोसल्ला ओढाएर मायाको चिनो सहित सम्मान गरेका थिए।