न्यूज डेस्क | असार २४, २०८२ मंगलबार

तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैँछ । शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ ।


मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ । मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ ।