न्यूज डेस्क | साउन १२, २०८२ आइतबार
रौतहट। नेकपा माओबादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीएल)रौतहटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियान चलाईरहेको वाईसीएलले रसायनिक मलको चरम अभावका कारण किसानहरु खेती गर्नबाट बञ्चित हुनु राज्यको गैरजिम्मेवारपन भएको बिज्ञक्तीमा उल्लेख गरेको छ ।
अध्यक्ष भुवनेस्वर गुरोद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा सरकारले दिएको पटक पटकको आश्वासनपछि पनि मल आपूर्ति सहज र सरल नहुनुले कृषकहरूलाइ प्रत्यक्ष प्रभावित पारेकाले यो निकट भबिष्यमा खाद्द संकट आउने अवस्थाको योजनाबद्ध रूपमा सिर्जना गरिएको जनाएको छ ।
सरकारले समयमा मल आपूर्ति गर्न नसक्ने, पहुँचको आधारमा असमान वितरण गर्ने, भित्र भित्रै कमिसनको चक्करमा दलाल तथा विचौलियाहरू मार्फत कालोबजारी गर्ने जस्ता गम्भीर प्रकृक्तिको समस्याले लाखौं किसानहरू आक्रान्त बनेको भन्दै वाइसिएल नेपालले उक्त कार्यको घोर भर्त्सना गर्दै अबिलम्ब रसायनिक मल आपुर्ती सुचारू गर्न र वितरण प्रणाली न्यायोचित गर्न आईतबार प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्का मार्फत माग गरेको छ ।
साथै मलखादको दिर्घकालिन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन गर्न बाध्य नबनाउन वाईसीएलले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिईएको जिल्ला अध्यक्ष भुनेश्वर गुरोले जानकारी दिएका छन् ।