प्राइम खबर संबाददाता | जेठ ४, २०७८ मंगलबार

रौतहटको चन्द्रपुर २ स्थित  चाँदी स्मारकमा रहेको अस्थाई कोभिड अस्पताललाई मंगलबार २३ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । 
 चन्द्रनिगाहपुरमा रहेको साझा व्यवसाय सीप विकास प्रा.ली.ले ७.६ किलो तौल भएका २३ वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको हो । सो संस्थाका कार्यकारी निर्देशक सुरेश प्रसाद साहले रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य देब प्रसाद तिमलसिना,चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी,ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डोरेन्द्र निरौला,गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जयसवाल सहितको उपस्थितीमा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।
निर्देशक साहले जहाँ कँहि पनि खाली सिलिण्डर भए तुरुन्त उपलब्ध गराएर अक्सिजनको अभाव टार्ने काममा सहयोग गर्न समेत सुझाएका छन् । जिल्लाभरी रहेका कोभिड अस्पतालहरुमा रहेका खाली सिलिण्डर उपलब्ध गराईएमा आफ्नो संस्थाले त्यसलाई रिफिल गरेर अस्पताललाई दिने उनले बताए ।