न्यूज डेस्क | असोज ११, २०८२ शनिबार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन् ।
बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न गरेका छौं । अब म अध्यक्ष रहिनँ, महाधिवेशन आयोजक कमिटीको संयोजक भएँ ।’ माओवादीले आज केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन घोषणा गरेको छ । महाधिवेशन मंसिरको अन्तिमसम्म गर्ने गरी अध्यक्षलाई संयोजक तोकिएको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।
अब माओवादी केन्द्रले केन्द्रीय समिति विघटन गरेपश्चात सचिवालय बनाउने भएको छ । प्रचण्डको नेतृत्वमा रहने सचिवालयमा पार्टीका निवर्तमान पदाधिकारीहरू सदस्य रहनेछन् ।