न्यूज डेस्क | असोज १२, २०८२ आइतबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आह्वान गरिएको छ ।


यही २६ असोज (आइतबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।



बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।