न्यूज डेस्क | असोज १३, २०८२ सोमबार

सुनसरी । सवारी परीक्षण कार्यालय इटहरीमा सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा गर्ने र राजश्व हिनामिनासहितका अनियमिततामा मुछिएका प्रमुख रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्री कुलमान घिसिङले तत्काल जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेका छन्।


मन्त्री घिसिङले घटनाको छानबिनका लागि प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने, कर्मचारी र सेवाग्राहीको बयान लिने, कागजात अध्ययन गर्ने र कारबाही सिफारिस गर्ने कार्यादेश दिइएको छ।



यस कदमलाई घिसिङको "अनियमिततामाथि शून्य सहनशीलता" नीतिको ठोस कार्यान्वयन मानिएको छ।