प्राइम खबर संबाददाता | कात्तिक ६, २०८२ बुधबार
रौतहटको गौर नगरपालिका-५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार बिहान करेन्ट लागेर निधन भएको छ।
यादवलाई घरको करेसाबारीमा विद्युतीय मोटरमार्फत पानी सिँचाइ गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेपछि गम्भीर अवस्थामा रहेका यादवलाई तुरुन्तै स्थानीयहरूले उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएका थिए, तर चिकित्सकले उनलाई साँझ ४:३० बजे मृत घोषित गरेका थिए।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकाको वडा नंबर ५ बाट निर्बाचित भएका थिए।