न्यूज डेस्क | कात्तिक १७, २०८२ आइतबार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका रामकुमारी झाँक्री, झलनाथ खनाल र घनश्याम भुसाललाई पार्टी प्रवेश नगराउने रणनीति अपनाएका छन् ।
माधव नेपालले माओवादीसँग एकता गर्ने निर्णय गरेसँगै असन्तुष्ट रहेका रामकुमारी, झलनाथ र घनश्यामलाई पार्टीमा प्रवेश नगराउने ओलीले आफू निकट नेताहरुलाई बताएका छन् । एमाले फुटाउँदा उनीहरुले खलनायकको भूमिका लेखेको भन्दै ओलीले एमालेमा प्रवेश नगराएर बदला लिने तयारी गरिरहेको बुझिएको छ ।
उनीहरु बाहेकका नेताहरुलाई व्यक्तिगत रुपमा पार्टी प्रवेश गराउने तर माधवबाट छुट्टिएर बनेको एकीकृत समाजवादीसँग एकता नगर्ने ओलीले घोषणा नै गरिसकेका छन् ।