न्यूज डेस्क | कात्तिक १७, २०८२ आइतबार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पार्टीले आजदेखि औपचारिकता पाएको छ ।


साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ लाई आज निर्वाचन आयोगले दल दर्ताको मान्यतासहित प्रमाणपत्र उपलब्ध गराएको हो ।



हर्कको पार्टीमा ५ सदस्यीय पदाधिकारी छन् । उनको पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ रहेको छ । उनको पार्टीमा २३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । साम्पाङ समर्थकसहित आयोग पुगेका थिए ।