प्राइम खबर संबाददाता | कात्तिक १७, २०८२ आइतबार

जुवातास खेलिरहेको अवस्थामा विभिन्न जिल्लाबाट ३५ जना पक्राउ परेका छन् । काठमाडौँ, कञ्चनपुर, झापा लगायतका जिल्लाबाट ३५ जना जुवाडे पक्राउ परेका हुन् । 


काठमाडौँको चन्द्रागिरी नगरपालिका–६ महादेवस्थानस्थित सरिता गिरीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सरिता समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७२ हजार ५० रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।



त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना बस्ने ३० वर्षीय रोहित नाथको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा रोहित समेत १२ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । त्यसैगरी झापाको गौरादह नगरपालिका–५ स्कुलचौन बजार बस्ने ३८ वर्षीय दिलबहादुर मगरले सञ्चालन गरेको सत्कार होटलमा जुवातास खेलिरहेको अवस्थामा दिलबहादुर समेत १० जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४५ हजार ९ सय ६० रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।



कास्कीको पोखरा महानगरपालिका–२५ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा माछापुच्छ्रे गाउँपालिका–१ बस्ने ४८ वर्षीय ओम गुरुङसमेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७३ हजार २ सय ७५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।