न्यूज डेस्क | पुस २, २०८२ बुधबार

नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने एमालेले बताएको छ ।


हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो ।



एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन्  भृकुटीमण्डपमा जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान गर्न दुई हजार २६३ जना प्रतिनिधिले भाग लिनेछन् ।