न्यूज डेस्क | पुस २, २०८२ बुधबार
काठमाण्डौ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसालेका छन् ।
राजधानीको भृकुटीमण्डपमा बुधबार बिहान ओली र पोखरेलले छुट्टाछुट्टै विद्युतीय मतपेटिका प्रयोग गरेर आफ्नो मत खसालेका हुन् । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बरको मतपेटिकामा तोकिएको क्लस्टरअनुसार मत खसाले ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज दिनभर मतदान हुने बताइएको छ । निर्वाचनमा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।