न्यूज डेस्क | पुस ९, २०८२ बुधबार

चन्द्रपुर मेयर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गत मंगलबार सम्पन्न चन्द्रपुर प्रिमियर लिगमा नेपाल तराई सिटी बेरोजगार टिमले घोडदेवी राईडर्सलाई एक रनले पराजित गरेको छ । तेस्तै दोस्रो खेलमा चमनपुर सुपर किंग्सले अपन कटहरियालाई ६ रनले हराएको छ ।
चन्द्रपुर–८ स्थित कोटीहोम खेल मैदानमा घोडदेवी राइडर्सले टस जितेर फिल्डिङ रोजेको थियो । बाक्लो हुस्सुका कारण खेल १६ ओभरको खेलाइएको थियो । पहिलो ब्याटिङ गर्दै नेपाल तराई सिटी बेरोजगार टिमले १६ ओभर खेलेर ११ चौका ४ छक्काको मद्दतले ८ विकेटको नोक्सानीमा १२० रन बनाएको थियो । नेपाल तराई सिटीका रित गौतमले २० बलमा ४४ रन बनाए । अभिषेक कार्कीले २३ बल खेलेर २६ रन बनाएका थिए । रोबिन शर्माले १४ बल खेलेर १५ रन बनाए । सतिश यादव ७ रन बनाउँदै नट आउट रहे । चन्दन ठाकुरले ६ रन बनाए । सन्नी साह र सचिन यादवले ५्५ रन बनाए । जितेश मण्डलले ३ रन बनाए । घोडदेवी राइडर्सका क्रिस कार्कीले ३ विकेट लिए । राजीव सदाले २ विकेट लिए । मोहन घिमिरे, सक्रियप्रताप कार्की र प्रदीप पासवानले १्१ विकेट हात पारे ।


१२१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको घोडदेवी राइडर्सले पूरा १६ ओभरको खेलमा ६ विकेट गुमाइ १३ चौका १ छक्काको मद्दतले ११९ रन बनाएको थियो ।
घोडदेवी राइडर्सले अन्तिम बलसम्म रनका लागि प्रयास गरेको थियो । तर एक रनले पराजित भए । घोडदेवीका ड्यानिस अहमदले २५ बल खेलेर ३२ रन बनाएका थिए । अर्का खेलाडी दीपक डुम्रेले ९ बल खेलेर १९ रन बनाए । क्रिस कार्कीले २१ बल खेलेर १५ रन बनाए । विजय गुप्ताले १७ बल खेलेर १२ रन बनाए । आयन मुखियाले ७ बल खेलेर १० रन बनाए । आदित्य पटेलले ५ र राजीव सदाले ४ रन बनाए । राहुल यादव र सक्रिय कार्कीले १्१ रन बनाए । २० अतिरिक्तसहित घोडदेवीले ११९ रन बनाएको थियो ।
नेपाल तराई सिटीका दयानन्द मण्डल र जितेश मण्डलले २्२ विकेट लिएका थिए । सतिश यादव र मनसुन सिंहले १्१ विकेट हात पारे । खेलमा प्लेयर अफ द म्याच नेपाल तराई सिटिका रित गौतम भए । उनले टिमका लागि २० बलमा ४४ रनको योगदान गरेका थिए ।
दोस्रो १५ ओभरको खेलमा टस जितेर ब्याटिङ गर्न मैदानमा उत्रेको चमपुर सुपर किंग्सले अपन कटहरियालाई ६ रनको झिनो अन्तरले पराजित गरेको छ । चमनपुरले ५ चौका ८ छक्काको मद्दतले ५ विकेटको नोक्सानीमा १२१ रन बनाएको थियो । चमपुरका राज पटेलले ३३ बल खेलेर शानदार ६१ रन बनाएका थिए । अर्का खेलाडी राजेश यादवले ७ बल खेलेर नट आउट २२ रन बनाए । दीपु थापाले पनि नटआउट १० बल खेलेर १२ रन बनाए । विशाल पटेलले ६ बल खेलेर ५ रन बनाए । एमडी समिरले ४ बल खेलेर ३ रन बनाएका थिए । अपन कटहरियाका नरेश साह र अनिल साहले २्२ विकेट लिए । अरनिको यादवले १ विकेट लिए । १२२ रनको लक्ष्य पाएको अपन कटहरियाले पूरा ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ११ चौका र ४ छक्काको मद्दतले ११५ रन बनाएको थियो ।
अपन कटहरियाका पवन सराफले १५ बल खेलेर ३० रन बनाए । अनिलकुमार साहले १७ बल खेलेर २८ रन बनाए । पवन कर्णाली एक्स र अनिल जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए । अरनिको यादवले ३ बल खेलेर १ रन बनाइ आउट भए । उनी पनि जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए । अभिराज यादवले १० बल खेलेर १८ रन बनाएका थिए । विराट यादवले ३० बल खेलेर १६ रन बनाए । नीरज यादवले ५, सम्सेद अलीले २, चन्दन रामले ४ बनाए । चमनपुरका राजेश यादव र रञ्जित कुमारले २्२ विकेट हात पारे । विशाल पटेल, आशुतोष सिंह र अभिषेक तिवारीले १्१ विकेट हात पारे । खेलमा चमनपुर सुपर किंग्सका राजेश यादव प्लेयर अफ द म्याच घोषित भएका थिए ।
साभारःकान्तिपुर