न्यूज डेस्क | पुस १०, २०८२ बिहिबार
कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको छ ।
मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु भएको हो । बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर उनी घाइते भएका थिए ।
घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।