न्यूज डेस्क | पुस १४, २०८२ सोमबार

कन्चनपुरको बेलौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका(७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर घाइने भएकी थिइन् ।
उनलाई उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । उपचारकै क्रममा ९स्५० बजे चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।