न्यूज डेस्क | पुस १९, २०८२ शनिबार

रौतहट। चिसो बढदै गएपछि  गरुडा नगरपालिका द्वारा दाउरा बितरण सुरु गरेको छ ।
नगरपालिकाका नगरप्रमुख कन्थमनी प्रसाद कलवारले चिसो बढ्दै जाँदा आगो ताप्नका लागी दाउरा बितरण गरेका हुन् ।



लगातार  एक सातादेखि निरन्तर बढदै गएको  बाक्लो हुस्सु लागेर चिसो स्याँठ एबम् शीतहलर समेत चलेकाले जनजीबन कष्टकर बन्दै गएपछि नगरप्रमुखले सक्रियता देखाएका हुन् ।  कठ्याङ्ग्रिँदो चिसोले गर्दा नगरबासि प्रभावित बन्दै गईरहेको समस्यालाई मध्यनजर गदै नगर प्रमुख कलवारले नगरको प्रत्येक वाडमा आगो ताप्नका लागी र  चिसोबाट बच्नको लागी आफै उपस्थित भई शनिबारदेखि  नगरको चौक, चौतारा, मठमन्दिर, प्रहरीचौकी ,सार्वजनिक स्थलहरुमा दाउरा बितरण गरेका हुन् ।



 चिसो बढेर जनजीबन कष्टकर बन्दैजादा पनि अधिकांश पालिकाले दाउरा बितरण गर्न उदाशीन देखिन्छन् ।  तर नगरप्रमुख कलवारले आफ्नो नगरमा यस बर्षमा मात्र नभई प्रत्येकबर्ष यस कार्यक्रमलाई निरन्तरता दिदै आएका छन् । दाउरा बितरण दुईसाता अघिदेखि नै बितरण गर्ने आफ्नो योजना भएको भएतापनि बन कार्यालयको झन्झटिलो प्रक्रिया र ढीलासुस्तीका कारण केहीसाता ढीलो भएपनि आगो ताप्न पाउदा सर्बसाधारणलाई केही हदसम्म राहत भएको बताएका छन् ।

मधेशका ग्रामिण भागमा दाउराको सहज उपलब्धता नहुदाँ गोबरबाट बनेको गुईठा या परालको घुर तापेर बस्नुपर्ने अबस्था छ । दाउराले मात्र नभई  चिसोले  समस्या नपरोस भनी आवश्यकता अनुसार थप राहतका समाग्री समेत बितरण गरिने लक्ष्य रहेको नगर प्रमुख कलवारले संचारकर्मीसँग बताएका छन्  ।



  
नगर प्रमुख कलवारको जनताप्रति उत्तरदायी प्रबृत्ति र नागरीकको सेवामुखी  कार्यले नगरबासि खुसि हुँदै नगर प्रमुखको प्रशंसा समेत गरेका छन् ।