न्यूज डेस्क | पुस २३, २०८२ बुधबार
नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना आफ्ना उम्मेदवार अघि सारेको छ । राष्ट्रियसभा उम्मेदवार अघि सार्दा कांग्रेसले भागबन्डाका आधारमा गरेको छ । जसमा सभापति शेरबहादुर देउवानजिकका ६ जना र डा. शेखर कोइराला निकटका ३ जना रहेका छन् ।
महामन्त्री गगन थापाले भने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न नहुने अडान राखेका थिए । तर पनि बहुमतले निर्णय गरेको थियो । कोइराला निकटका तीनजना उम्मेदवारमा मधेस प्रदेशबाट रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उमेदवार बनाइएको छ ।
अन्य ६ जना देउवा निकट रहेका छन् । सुनीलबहादुर थापा, धर्मेन्द्र पासवान, जगत तिमिल्सिना, चन्द्रबहादुर केसी, ललितजंग शाही, खम्मबहादुर खातीलाई उम्मेदवार बनाइएको छ ।