न्यूज डेस्क | पुस २३, २०८२ बुधबार

नेपाली कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताएका छन् ।


मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै साउदले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको बताए । उनले महामन्त्रीहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मान्नुहुने विश्वास भएको बताए ।



उनले आफूहरू नियमित महाधिवेशनमा जान तयार रहेको बताएका छन् । कार्यतालिका संशोधन गरेर आफूहरू नियमित महाधिवेशनमै जाने र कार्यतालिका संशोधन गरेर भए पनि नियमित महाधिवेशन गराउने बताए ।