प्राइम खबर संबाददाता | फागुन ३०, २०८२ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको छैन ।


प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।



साथै बैठकमा वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे पनि छलफल हुने बताइएको छ ।