न्यूज डेस्क | चैत १५, २०८२ आइतबार

नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले कार्यकर्तालाई सडकमा उतारेर समस्या समाधान नहुने बताएका छन्।


उनले ७७ जना नेपालीको ज्यान गएको घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै पीडित परिवारको न्यायको मागलाई जायज रहेको उल्लेख गरेका छन्। पाण्डेले उक्त पीडा वास्तविक भएको भन्दै संवेदनशील रूपमा समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।



साथै, उनले एमाले कार्यकर्ताप्रति आफ्नो चिन्ता व्यक्त गर्दै पार्टीलाई जीवन समर्पण गरेका हजारौँ कार्यकर्तालाई सडकमा उतार्नु उचित नभएको बताएका छन्।



पाण्डेको भनाइमा, देशलाई मुठभेडतर्फ धकेल्ने कुनै पनि कदम कसैको हितमा नहुने स्पष्ट संकेत गरिएको छ। उनले राजनीतिक नेतृत्वले संयमता अपनाउँदै संवाद र समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखेका छन्।