न्यूज डेस्क | चैत १८, २०८२ बुधबार
काठमाण्डौ। बन्द कोठाभित्र थुनेर र धम्क्याएर एमाले संसदीय दलको नेता चयन गरेको आरोप एमालेभित्र चुलिएको छ ।
एमालेभित्र आन्तरिक लोकतन्त्रको कस्तो मजाक उडाइएको छ भन्ने कुरा च्यासलको बन्द कोठाले उदाङ्गो पारेको छ। युवा नेता सुहाङ नेम्वाङले अर्जुन कार्की र राजेन्द्र राईलाई प्रस्तावक र समर्थक त बनाए, तर चुनाव हारेका महासचिव शंकर पोखरेलले उनीहरूलाई कोठामै थुनेर र धम्क्याएर उम्मेदवारी दर्ता गर्नै दिएनन्।
परिणाम, प्रत्यक्ष निर्वाचितलाई पन्छाउँदै समानुपातिक सांसद रामबहादुर थापा ‘बादल’लाई जबर्जस्ती निर्विरोध घोषित गरियो। यो तानाशाही शैलीले एमालेभित्रै आगो बलेको छ। उपमहासचिव योगेश भट्टराईले यस कदमले सिङ्गो पार्टीलाई चिन्तित बनाएको भन्दै कडा आपत्ति जनाएका छन् भने नेता वासुदेव घिमिरेले एमाले अब नसुध्रिने, बरु बिलाएर जानेु गम्भीर टिप्पणी गरेका छन्। यो बिषयलाई लिएर नेकपा एमालेभित्र खैलाबैला सुरु भएको छ ।