न्यूज डेस्क | चैत २०, २०८२ शुक्रबार

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् । महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र रानाले ३८० मत ल्याए ।