न्यूज डेस्क | चैत २३, २०८२ सोमबार
चन्द्रनिगाहपुर मालपोत कार्यालयबाट एकजनाबिचौलिया पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले चन्द्रपुर ४ स्थित मालपोत कार्यालयबाट बिचौलियाको काम गर्ने रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नम्बर ९ बस्ने २४ वर्षीय रितेश कुमार यादवलाई पक्राउ गरेको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका बिचौलियामाथि अनुसन्धान भईरहेको जनाएको छ । चन्द्रनिगाहपुर मालपोत र नापी कार्यालयमा बिचौलिया हाबी भएको गुनासो बढ्दै गएपछि प्रहरीले सक्रियता बढाएको थियो ।