न्यूज डेस्क | चैत २७, २०८२ शुक्रबार
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जनाएका छन् ।
उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ । उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।