प्राइम खबर संबाददाता | असार ३०, २०७८ बुधबार
नेपाली कांग्रेस रौतहटका युवानेता नितेश कुमार गुप्ताले सर्वोच्चको फैसला को स्वागतमा दीपावली गरेका छन् । नेता गुप्ताले जिल्लाको माधवनारायण नगरपालिका स्थित मिठुवामा दीप प्रज्वलन गरेका हुन । सोमबार सर्वोच्च अदालतले विघठित संसदलाई पुनर्स्थापित गरेपछि सो को खुशियालीमा उनले कांग्रेस समर्थित स्थानीयहरुको उपस्थितिमा खुशियाली मनाउँदै दीप प्रज्वलन गरेको नेता गुप्ताले बताए ।
केपी ओली नेतृत्वको सरकारले पटक पटक गरेको संसद विघटन का कारण जनताले कम्युनिस्ट सरकारबाट सास्ती बेहोर्नुपरेको उनको भनाइ रहेको छ । अदालतले संसद लाई वियुताउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा तत्काल नियुक्त गर्न गरेको परमादेशले मुलुकमा खुशियाली छाएको कारण दीपावली गरिएको गुप्ता बताउँछन् ।
सर्वोच्चले गरेको फैसला निकै स्वागत योग्य रहेको र यसबाट नेपाली कांग्रेस मात्र नभई सम्पूर्ण न्याय प्रेमी जनताको जीत भएको हुँदा खुशीको सिमा नै नरहेको नेता गुप्ताले ताजा खबरलाई बताए ।