प्राइम खबर संबाददाता | असार ३१, २०७८ बिहिबार
काठमाडौं : निवर्तमान कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदा अचाक्ली मूल्यवृद्धि हुने गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मूल्य घटाइएको छ ।
देउवा सरकार बनेको भोलिपल्टै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । बुधवार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँका दरले मूल्य घटाएको छ ।
ओली सरकार हुँदा गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान प्रतिलिटर २/२ रुपैयाँका दरले बढाएको थियो भने खाना पकाउने एलपी ग्यासको मूल्य समेत अधिकतम प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको थियो । त्यसअघि समेत ओली सरकार हुँदा मूल्य बढ्दै आएको थियो ।