प्राइम खबर संबाददाता | साउन ३, २०७८ आइतबार

 प्रतिनिधि सभा सांसद रामकुमारी झाक्रीले बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बिश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेकी छिन् । आईतबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकारलाई बिश्वासको मत दिएर बलियो बनाउने खुलासा गरेकी छिन् । उनको स्टाटस यस्तो रहेको छ ।  "हामीले ७६९५० को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि  त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।"