प्राइम खबर संबाददाता | साउन ५, २०७८ मंगलबार
काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाललाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
मंगलबार दिउँसो प्रचण्ड निवास खुमालटार पुगेका प्रधानमन्त्री देउवाले सीता दाहालको स्वास्थ्य अवस्था बुझेको प्रचण्ड पुत्री गंगा दाहाले जानकारी दिएकी छिन् । स्रोतका अनुसार देउवा र प्रचण्डबीच केही बेर छलफल पनि भएको बताईएको छ ।
