प्राइम खबर संबाददाता | साउन ७, २०७८ बिहिबार

 नेकपा एमालेका नेता झलनाथ खनालको उपचारका लागि लागि ३० लाख रुपैयाँ निकासा भएको छ । नेता खनाल दुबै मिर्गौलामा समस्या देखिएपछि भारत गएका खनाल एपोलो अस्पतालमा उपचाररत छन् । नेता खनालको मिर्गौला प्रत्यारोपण गरिने एमाले नेताहरुको भनाई छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो । दिल्लीस्थित नेपाल दूतावासले परराष्ट्र मन्त्रालयमार्फत खनालको उपचारका लागि करिब ३० लाखको हिसाब पठाएको अर्थ मन्त्रालय उच्च स्रोतको भनाई छ ।


एमाले वरिष्ठ नेता खनालको विदेशमा उपचार गर्दा लागेको खर्च व्यहोर्ने सरकारको निर्णय नै गैरकानूनी रहेको पाइएको छ । २ असोज २०७५ देखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।