प्राइम खबर संबाददाता | साउन ७, २०७८ बिहिबार

ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाले जिल्लाका ६१ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । बुधबार सो सामग्री रेडियो तमोरमार्फत स्थानिय तहलाई उपलब्ध गराउने गरि मञ्चका प्रतिनिधी तथा पूर्व अध्यक्ष भुपेन्द्र मावो लिम्बूले रेडियो तमोरका स्टेशन मेनेजर सजन पौडेललाई हस्तान्तरण गरेका छन्  ।
 जसमा थर्मल गन, अक्सिमिटर, मास्क र सेनिटाईजर रहेकाछन् । ताप्लेजुङ पाथिभरा मञ्च मलेसियामा कार्यरत ताप्लेजुङ्गेहरुको सामाजिक संस्था हो । मलेसियमा कार्यरत ताप्लेजुङ्गेहरुद्धारा संकलित २ लाख ४० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरिएको मञ्चका अध्यक्ष दिलबहादुर सुनुवारले जानकारी दिए । 
यसैविच बुधबार नै जिल्लाका ६ वटा स्थानिय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराई सकिएको स्टेशन मेनेजर पौडेलले बताए । उनका अनुसार पाथिभरा याङ्वरक, आठराई त्रिवेणी, मेरिङ्देन, फक्ताङ्लुङ, मैवाखोला र सिदिंवा गाउँपालिकाले सामग्री लगेका छन् ।