प्राइम खबर संबाददाता | माघ १३, २०७७ बुधबार


बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएकाे छ । छबिसपाथिभरा गा पा वडानं 2 का वडाध्यक्ष बिकास एडिकाे सरकारी मोटरसाइकल प्रयाेग भएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताएका छन ।


गाउँपालिकाको वडा नम्बर ३ मा रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवाद पछि खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उनले बताए। 



खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने उक्त खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ।
खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको  प्रहरीले बताइएको छ।