प्राइम खबर संबाददाता | साउन १३, २०७८ बुधबार
संघीय सांसद आशाकुमारी विकले पब्जी र फ्रीफायर अनलाइन खेल तत्काल बन्द गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएकाले यस्ता खेलहरु तत्काल बन्द गर्न सरकार सँग आग्रह गरेकी हुन् ।
‘ पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेका बालबालिका र किशोरकिशोरीमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला,’
उनले भनीन्, ‘तर, पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।’
‘ पब्जी र फ्रीफायर जस्तो खेलको लतमा फसेका बालबालिका र किशोरकिशोरीमा देखिएको डराउने, झस्किने, जिद्दीपना जस्तो अनौठो बानीले बच्चाको स्वभावले आमाबुवामा परेको तनावको कारण निम्तिने रोगहरूको दृश्य सामान्य लाग्ला,’ उनले भनीन्, ‘तर, पछि गएर मानसिक रोग अस्पतालको अभाव हुने संकेत देखिएकाले सरकारले तत्काल यो अनलाइन खेलहरू बन्द गरियोस्, नत्र अभिभावक न्याय खोज्दै अदालतको ढोका पुग्ने दिन नआओस् भन्दै सरकारको ध्यानाकर्षण गराउँछु ।“ उनको यो कुरालाई अधिकांश अभिभावकहरुले सदनमा राम्रो विषय उठाएको भन्दै स्वागत गरेका छन् ।